सम्बाददाता- इटहरी / इलाका प्रहरी कार्यालय धरानको टोलीले मंगवार दिउँसो धरान वडा ९ स्थित एक घरमा डेरागरी बस्नेको कोठा खानतलाश गरी लुकाई राखेको लागुऔषध पकं्राउ गरेको छ ।

प्रहरी टोलीले बगैंचाचोकमा शारदा राईको घरमा डेरा गरी बसेका शुभचन्द्र राईको कोठा खानतलाश गरी लागुऔषध सहित राई लाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार खानतलाशीमा बरामद भएको लागूऔषधहरुमा स्पास्मो–प्रोक्सीवन ८ क्याप्सुलको पत्ता १६० तथा १२८० क्याप्सुल, निट्रोसुम १० ट्याबलेटको पत्ता ३० तथा ३०० ट्याब्लेटस्, डाइलेक्स–डिसी १०० एमएलको ८० बोतल छन् ।

लागुऔषधहरु संगै नगद २ लाख ३७ हजार रुपया र २ वटा सिमकार्ड सहित सामसुङ ब्राण्डको मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी अनुसार उक्त लागुऔषधहरु घरको पूर्ब फर्किएको ढोकाको कुनामा प्लास्टीकको बोरा भित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको हो । नगद रुपया भने कोठामा रहेको काठको दराज भित्र सानो हाते झोलामा राखिएको थियो । राई लाई पक्राउ गरी थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार