काेराेना

हल्दिवारी ,१४ जेठ । नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुस्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितहरुको संख्या ८८६ पुगेको छ। जसमध्ये ७९६ जना पुरुष र ९० जना महिला रहेका छ्न । त्यस्तै झापामा आज थप १७ जना कोरोना संक्रमित तपिएका छ्न ।

यो सगै झापामा संक्रमितको संख्या ५३ पुगेको छ । आज थपिएका १७ जनामा १५ जना कचनकवल गाउँपालिकाका हुन भने २ जना गौरादह नगरपालिकाका रहेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका हुन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार