कमला भट्टराई- भद्रपुर / सातादिन देखि मौसममा आएको परिवर्तन संगै सोमवारबाट भारी वर्षाका विच आएको हुरी बतासले विभिन्न स्थानमा क्षति पु¥याएको छ ।
झापामा हुरीबतासले खानेपानीको हातेपम्प कल समेत भँचाएको छ भने रुखहरु ढालको छ । हुरीबतासले भद्रपुर नगर क्षेत्रमा घरको छाना उडाएर घर देखी टाढा पु¥याएको छ । साँझमा परीबार खाना खाइरहेको बेला आएका जोड संग आएको हुरीबतासले घरको कर्कटपाता छाना सबै एकै साथ उडाउँदा परिवारको ज्यान बचाउन मुस्किल परेको पीडितले बताए ।
छाना उडाउँदा धन मालको क्षति भएको छ । लकडाउनको बेला घरको छाना उडाएपछि पीडित परिवार आश्रयस्थल विहीन बनेको बताए । हुरीबतासले झापा जिल्लाको शिवसतासी, गौरीगंज क्षेत्रमा पर्खाल, गोठ भत्काई दिएको छ । हुरीबतासका वीच गोठ भत्काएपछि गाईवस्तु मुस्किलले बचाएको उनीहरुले बताए । बेला बेला अचानक भारी वर्षा संगै चल्ने जोडको हुरीबतासले जनजीवन कष्टकर र त्रसित बनेको स्थानियबासीले बताए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार