हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापाको कचनकवलमा पुग्यो कोरोना संक्रमितको संख्या ७३,आज थपिए २५ संक्रमित 

काेराेना

हल्दिवारी  । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस कोभिड १९को चुनौती नेपालमा पनि बढ्दै गएको छ । दैनिक कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएसँगै यसको नियन्त्रणमा चुनौती थपिँदै गएको हो ।

Advertisement

७७ जिल्ला मध्ये बिहीबार दिउँसोसम्ममा ५२ जिल्लामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Advertisement

उनकाअनुसार बिहीबार एकैदिन एक १ सय ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

उनकाअनुसार सप्तरीमा १४ जना, झापामा २५, नवलपुरमा १, धनुषा २९, महोत्तरी १७, रौतहट २०, सर्लाही ७, सिरहा ६, दोलखा १, सोलुखुम्बु १, बजाङ १, सुर्खेत १३, दैलेख ८, एक जना बोल्न नसक्ने महिला, स्याङ्जा ३, कैलाली २, दार्चुला १, मकवानपुर १, बर्दिया ३ र बाँके १ जनामा बिहीबार कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।

यो नेपालको हालसम्मकै सबैभन्दा धेरै संक्रमितको संख्या हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

उनकाअनुसार एक सय ८७ जना निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या ५ पुगेको छ

कोशी अस्पताल विराटनगरको प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा झापामा थप २५ जनामा कोरोना संक्रमित पुष्टि भएको  हो । झापाका  सबै कचनकवल गाउँपालिकाको क्वारेन्टाइन बसेकाबाट पुष्टि भएको कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्गा प्रसाद पौडेलले बताए ।

हाल सम्म कचनकवलमा मात्रै ७३ जनालाई कोरोना संक्रमण देखिएको छ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)