झापा/ दमक बस्दै आएका बराहक्षेत्र वडा ३ बाङगे बजारका कमल राई लाई कुटपिट गरी मारेर छा्डको अवस्थामा उनको शव शुक्रवार विहान वडा ३ जमुना गाछीमा फेला परेको छ । शवको प्रकृति हेर्दा मृतक राई लाई कुटपिट गरेर हत्या गरिएको अनुमान गरिएको हो । जामुन गाछीमा गरिएको नया“ प्लटिङको जग्गमा मृत्यु भैसकेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त शव सबैभन्दा पहिले बिहानै प्रताप लामाले देखेका थिए । लामाले त्यहा“ बनाउदै गरेको एक तले घरमा पानी लगाउन आउ“दा प्लटिङको बाटैमा घोप्टी परेको शव देखेपछि भरौल प्रहरीलाई खबर गरेका थिए । मृतक राई बराहक्षेत्र ३ बाङगेमा बासोबास गरेपनि केही बर्ष देखि दमक बस्दै आएका थिए । उनि हाल बराहक्षेत्र ३ भानुचौककी मञ्जु राईको भिनाजु रहेको र मन्जुकै घरमै बस्दै आएको इलाका प्रहरी कार्यालय प्रमुख शरण कुमार दाहालले बताए ।

प्रहरी अनुसार ३७ वर्षिय मृतक राईको शव खेतको बाटोमा घोप्टो परेको, रगतले लतपतिएको टाउको फुटेको, कान काटिएको अबस्थामा भेटिएको हो । घट्नास्थलमा दुई वटा आसारे जातको काठको लाठी दुई वटा, एउटा एनसेलको सिम फेला परेको छ । घट्नाको अनुसन्धान गर्न इलाका प्रहरी पकलीबाट आएको प्रहरी टोली लाई स्थानियले मृतक बिहीबार केही ब्याक्तीहरु संग मिलेर मादक पदार्थ सेवन गर्दै गरेको देखिएको बताएका छन् । प्रहरीले विहीवारै केही लाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार