स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा ४८२ जना नयाँ कोरोना संक्रमित थपिए, संक्रमितकाे संख्या १४ हजार नाग्याे

काेराेना

हल्दिवारी-१७ असार । नेपालमा आज ४ सय ८२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या १४ हजार नाघेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका संक्रमितमा ३६५ पुरुष र ११७ महिला छन् । कुल १४ हजार ४६ संक्रमितमध्ये पुरुष १२ हजार २ सय ७२ र १७ सय ७४ महिला छन् ।

Advertisement

यसअघि हिजो कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको थियो । हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article