झापा । हल्दिवारी १ मा रहेको उज्यालो गोलधाप बालक्लबले बालक्लब संचालन तथा उद्घोषण सम्बन्धि ३ दिवसीय तालिम सोमबारबाट शुरु गरेको छ।

गत माघ ३ गते सम्पन्न अधिबेशन बाट निर्वाचित नयाँ कार्य समितिको आयोजनामा सञ्चालीत तालिममा क्लबका सदस्य सहित ३८ जना बालबालिकाको सहभागीता रहेको छ।बालबालिकाहरुमा अन्तर्निहित क्षमता अभिवृद्धि , नेतृत्व तथा व्यक्तित्व बिकासमा सहयोग पुर्याउने उद्धेश्यले तालिम आयोजना गरेको क्लवका अध्यक्ष राज अधिकारीले बताउनुभयो ।

अध्यक्ष अधिकारीको अध्यक्षता तथा पुर्व अध्यक्ष सुस्मिता पराजुलीले स्वागत गर्नुभएको तालिम उद्घाट्न कार्यक्रममा वडा सदस्य सरिता न्यौपानेले शुभकामना राख्नु भएको थियो ।प्रमुख अतिथी एवम वडाध्यक्ष त्रीलोचन सापकोटाले तालीम पश्चात व्यबहारमा लागू गर्न सुझाव दिदै बालक्लबले गर्ने हरेक रचनात्मक गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

तालिमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका संयोजक सरोज पौडेलले गरिरहनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार