राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त सहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२ औं केन्द्रीय अधिवेशन तथा २५ औं वार्षिक उत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का, महिला उपाध्यक्षमा भगवती थापा, महासचिवमा नवराज श्रेष्ठ, सचिवमा मुकुन्द कालिकोटे कोषाध्यक्षमा सागर श्रेष्ठट रहेका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरूमा प्रबिण कुलुङ राई, घनश्याम श्रेष्ठ, हरिश सिंह नगाल, आर्यन धिमाल, शिला तिमिल्सिना , रमिता छुँजु र प्रदीप कुमार श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६ र ७७ वाट मनोरन्जन तर्फ नवराज वाग्ले र कपिल खड्का त्यसैगरि खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल ,पर्यटन तर्फ नारायण सिलवाल र प्रेम थापा , संस्कृति सम्पदा तर्फ सोभा महर्जन र प्रदीप शाक्य र साहसिक तर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठ लाई प्रमाण पत्र र चाँदीको तक्मा प्रदान गरिएको थियो ।

पूर्व सशस्त्र प्रहरी नायव महानिरीक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार शिलापत्रका फोटोपत्रकार सुशील कुमार श्रेष्ठलाई नगद रु १० हजार सहित प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले वधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो भने त्यसै गरि उक्त कार्यक्रममा काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्वर राजवंशी, पूर्व अध्यक्ष विकास रौनियार र कविन्द्रमान शाक्यले पनि शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचन प्रक्रियामा व्यवसायी तथा समाज सेवी नारायण श्रेष्ठ, पत्रकार माधव बराल र पूर्व अध्यक्ष कविन्द्रमान शाक्यको निर्वाचन कमिटीले सहयोग गरेको थियो ।

















