हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कावेली सिमेन्ट उधोगमा आगलागी ,२ करोड भन्दा बढिको नोक्सानी

जलथल – हल्दिवारी ३ झापामा स्थापना भएको कावेली सिमेन्ट उधोगमा गएराती आगलागी भएको छ ।

Advertisement

सिमेन्ट उधोगमको पावर हाउसमा रातको २ बजे तिर आगलागी हुँदा २ करोड भन्दा बढीको नोक्सानी भएको उधोगका मेनिजिङ्ग डाइरेक्टर सुमन मैनालीले हल्दिवारी डटकमलाई बताए ।

Advertisement

उनका अनुसार राती २ बजेतिर परेको ठुलो चट्याङका कारणले आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगो लागेको थाहापाउने साथ स्थानीय र भद्रपुर तथा बिर्तामोड बाट आएका २ वटा वारुणयन्त्रले सम्भावित ठुलो नोक्सानी हुनबाट जोगाएका छ्न ।

झापाका युवा व्यवसायीहरुको करिब ६० करोडको लगानीमा गत सातादेखि उत्पादन शुरु गरेको उद्योगलाई पुन संचालनमा ल्याउन १५ दिन जति लाग्ने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)