देशबन्धु/ न्यूज डेक्स ,दमक( झापा )असोज१३ । इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ कार्यालयमा लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइएको छ।
वडा कार्यालयले सोमबार घोषणा सभा गरी लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले जानकारी दिए। लिम्बू बाहुल बसोबास रहेको यस वडाले वडाभित्रका सरकारी कार्यालयमा लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजी भाषाको रुपमा मान्यता दिएको उनले बताए।
लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने काम चुलाचुली गाउँपालिकाको हकमा भने यो वडा भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार