सुरुंगा /जनता समाजबादी पार्टी संग संबध्द राष्ट्रीय शिक्षक समाज झापा जिल्ला स्तरीय भेला शुक्रबार यहाँ एक कार्यक्रमका बीच सम्पन्न भयो।
राष्ट्रीय शिक्षक समाज प्रदेश ने१ का सचिब यज्ञ तिबारीको अध्यक्षतामा भएको उक्त भेलाको प्रमुख अतिथि समाजका केंद्रिय सचिबालय सदस्य बिमल काफ्लेले पहिचानबादी आन्दोलन ब्दारा राष्ट्रीय निर्माणमा बुध्दिजीबि बर्गको भूमिका महत्बपूर्ण रहेको बताए।
उक्त भेलाले आगामी कार्तिक २२गते राष्ट्रीय शिक्षक समाज झापाको जिल्ला स्तरीय सम्मेलन ब्दारा समाज झापा समिति गठन गर्नका लागि भेलाले बिजय सिह गनगाईको संयोजकत्बमा ५, सदस्यीय आयोजक समिति गठन गरेको छ।
भेला ब्दारा गठित समितिमा सदस्यहरु यज्ञ तिबारी,,शिबलाल बैठा, हरि शंकर मिश्र, पर्शुराम ताजपुरिया रहेको शिक्षक सन्तोष कुमारगणेशले जानकारी दिएका छन। उक्त भेलामा आदिवासी जनजाती अगुबा भरत श्रेष्ठले पार्टी र जन बर्गिय संगठन बीचको सम्बन्धका बिषयमा प्रशिक्षण दिएका थिए।
















