केहि साता अगाडी झापा आएका पुर्व राजा ज्ञानेन्द्रले शनिवार एक बिधालयमा उपस्थित भएर बालबालिकालाई न्यानो कपडा र पोषीलो खानेकुरा बितरण गरेका छन् l हिमानी कोषबाट उपलब्ध ति न्यानो र पोषिलो खानेकुरा भद्रपुर नगरपालिका २ स्थित शिहदेवी आधारभुत बिधालयका ६५ जना बालबालिकालाई उपलब्ध गराईयो l
त्यसै क्रममा ३० जना बृद्धलाई पनि पोषिलो खानेकुरा उक्त ट्रसले बितरण गरेको छ हिमानी कोष बाट उपलब्ध ति न्यानो कपडा र पोषीलो खानेकुरा बितरण कार्यक्रम मा कोषकी संरक्षक हिमानी शाह र उनका छोरा छोरी समेतको उपस्थिती थियो।यसरी न्यानोकपडा र पोषीलो खानेकुरा आगामी तीन बर्ष सम्म निरन्तर रहने बुझिएको छ।
उधोग बाणिज्य संघ भद्रपुरका अध्यक्ष नवराज पनेरू ‘राजु’ र राप्रपा की नेतृ राधा कार्कीले मन्तब्य राखेका थिए भने उक्त कार्यक्रममा राप्रपाका कार्यकर्ताको राम्रै उपस्थिती थियो। पुर्व राजा कार्यक्रम स्थल पुग्दा’ जनता आउ राजा ल्याउ साथै ‘ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ नारा घन्किएको थियो।
उक्त कोषको न्यानो कपडा र पोषिलो खानेकुरा बाँडन पुर्व राजा आफु बसेको ठाऊबाट करिव ५५ कि मी पुर्व दक्षिण पुगेका हुन्।

















