हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

भगवान बुढानिलकण्ठले हामी सबैको रक्षा गरुन्, हेर्नुहाेस आजकाे राशिफल (२०८०/११/०४ गते)

आज २०८० साल फाल्गुण ४ गते शुक्रबारको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। सानाे प्रयासले ठूलाे काम बन्नेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनत गर्दा अवसर प्राप्त हुनेछ र मनग्य धन आर्जन गर्न सकिनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ र दैनिकीमा पनि परिवर्तन आउनेछ।

Advertisement

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। व्यवसायमा लाभ हुनेछ। भाग्योन्नतिको समय छ। रोकिएकाे काम बन्नेछ र नयाँ काम थालनी हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने सम्भावना छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान पाइनेछ। एउटै कामबाट दोहोरो लाभ उठाउन सकनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान तथा अनुयायीले साथ दिनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)