सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नगएका सर्वोच्चका १४ जना न्यायाधीशहरु आज (सोमबार) छलफलमा जुटेका थिए ।
त्यस्तै न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने निष्कर्ष निकालेका छन् । अदालतमा देखिएको समस्या समाधानका लागि भोलि मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश जबरालाई भेट्ने निर्णय गरेको एक स्रोतले बतायो । सोमबार दशवटा इजलास तोकिँदा कुनैपनि इजलासमा मुद्दामाथि सुनुवाई भएन ।
सोमबार प्रधानन्यायाधीश राणाले आफूबाहेका सात इजलास तोकेपनि कुनै पनि न्यायाधी इजलासमा नबसेर बेग्लै छलफल गरेका थिए । राणाले न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र मनोजकुमार शर्मा, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, प्रकाशमान सिंह राउत तथा सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको एकल इजलासमा पेसी तोकेका थिए ।
तर, हिजै सर्वोच्चका १४ जना न्यायाधीशले छुट्टै छलफल गरी प्रधानन्यायाधीशले बोलाएको फुल कोट बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए । प्रधानन्यायाधीश राणासँग भेट गरी नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए ।

















