हल्दिवारी गाउँपालिकाको १० औं गाउँसभाले गाउँपालिका भित्र विभिन्न शाखाहरु तथा वडामा कार्यरत ४ जना कर्मचारीलाई जनही नगद २५ हजार सहित पुरस्कृत गर्ने निर्णय गरेको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालका अनुसार आर्थिक बर्ष २०७७/७८ मा गाउँपालिका भित्र उत्कृष्ट काम गर्ने मध्य ४ जनालाई नगद सहित संमान गर्ने निर्णय गाउँसभाले अनुमोदन गरेको बताउनु भएको छ ।

उनका अनुसार पुरस्कृत तथा सम्मानित हुनेमा स्वास्थ शाखा प्रमुख पुष्कर निरौला , सहायक पाचौं योजना शाखाका सुरज पोखरेल ,सहायक कम्प्युटर अपरेटर वडा नम्बर ३ का भुवन राजवन्सी र जलथल स्वास्थ चौकी कार्यालय सहयोगी संगिता मेचे रहेका छ्न ।

हल्दिवारी गाउँपालिकाले प्रत्येक बर्ष गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीलाई प्रोत्साहन गर्न उत्कृष्ट कर्मचारी चयन गरि नगद सहित पुरस्कृत तथा संमान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार