झापा, हल्दीबारी । हल्दीबारी गाउँपालिका–१ निवासी ७९ वर्षीय मानबहादुर लावती मृत अवस्थामा फेला परेका छन्। उनलाई शुक्रबार बिहान घर पछाडिको होलीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार लावती केही वर्षदेखि छोरी–ज्वाइँको घरमा बस्दै आएका थिए। छोरी–ज्वाइँ पहाड गएको समयमा उनी नातिनीसँग घरमा बस्दै आएका थिए। गए रातिदेखि उनी घरबाट सम्पर्कविहीन भएका थिए।

आज बिहान घर नजिकैको होलीमा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनापछि जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोली घटनास्थल पुगेको थियो।

वडा नम्बर–१ का वडा अध्यक्ष देवीबहादुर थापाका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार