हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कचनकवल गाउँपालिकाका २७६ गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य बीमा

बनियानी, झापा | विशेष रिपोर्ट ।

Advertisement

नेपालकै होचो भूभाग कचनकवल गाउँपालिकामा आमा बन्ने तयारी गरिरहेकी २७६ जना गर्भवती महिलाहरूको मुहारमा आशा र भरोसाको उज्यालो फैलिएको छ। कारण– अब उनीहरूका पेटमा हुर्किरहेका जीवनहरू जोखिममा छैनन्। गाउँपालिकाले उनीहरूको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ।

Advertisement

सन्थाल, राजवंशी, गन्धर्व र मुस्लिम समुदायजस्ता अति विपन्न वर्गका गर्भवती महिलाहरूलाई लक्षित गर्दै गरिएको यो अभियान, सामाजिक न्याय र मानवताको अत्यन्तै सजीव उदाहरण हो।

गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी भन्छन्,  “गर्भवती महिला र उनीहरूबाट जन्मिने सन्तानको स्वास्थ्यमा कुनै कमी हुन नदिन पालिकाले बीमा गरेको हो। हाम्रो उद्देश्य, सुरक्षित मातृत्व र स्वस्थ सन्तान हो।”

स्वास्थ्य शाखाका प्रमुख जागेश्वर यादवका अनुसार, महिलाहरूले गर्भवती भएको पुष्टि हुने बित्तिकै स्वास्थ्य कार्यालयको सिफारिस मा बीमा प्रक्रिया सुरु गरिन्छ।

यस आर्थिक वर्ष २०८१/८२ मा वडागत रूपमा गरिएको गर्भवती बिमा विवरण यस्तो छ:

वडा नं १: ३३ जना , वडा नं २: १५ जना ,  वडा नं ३: ३६ जना , वडा नं ४: ५३ जना , वडा नं ५: ७२ जना , वडा नं ६: ४६ जना र वडा नं ७: २१ जना गरी  कुल : २७६ जना गर्भवती महिलाको बीमा गरिएको छ।

यसैगरी, यो वर्ष मात्रै ७५०० जनालाई स्वास्थ्य बीमामा समेटिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाभित्र झण्डै ९ हजार मानिसहरू हाल स्वास्थ्य बीमाको दायरामा आइसकेका छन्। यो कदमले न केवल स्वास्थ्य सुरक्षामा बल पुऱ्‍याएको छ, बरु राज्यका लागि सामाजिक उत्तरदायित्वको नयाँ परिभाषा पनि कोरेको छ।

जहाँ एकातिर देशभर हजारौँ महिला स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित छन्, त्यहीँ कचनकवल गाउँपालिकाको यो निर्णय, आमा बन्ने यात्रालाई आशंकाबाट विश्वासतर्फ मोड्ने साहसी प्रयास हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)