हल्दिवारी – पुर्वान्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अब कुनैपनी नेपालीहरुले क्यान्सरको उपचार गर्न भारत लगायत बिदेश जानू नपर्ने बताएका छ्न ।
आज क्यान्सर अस्पतालको उद्द्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रसाईले उक्त कुरा बताएका हुन । आफू समेत क्यान्सरलाई जित्न सफल भएको बताउदै प्रसाईले आम नेपाली जनतालाई सर्व सुलभ रुपमा आफ्नै देशमा ६ सय करोड लगानिमा अस्पताल शुरु गरेको बताउदै ३ सय भन्दा बढिले रोजगारी पाएको बताए ।
आगामी १० बर्ष भित्रमा १ लाख जनालाई रोजगारी दिने उदेश्यले अस्पताल ,होटल लगायतका उधोग संचालन गर्ने लक्ष्यका साथ अगाडि बडेको बताउदै प्रसाईले पत्रकारिता नेगेटिभ रूपमा चलेकोले मिसन पत्रकारिता नगर्न पत्रकारलाई आह्वान समेत गरे ।
प्रधानमन्त्री केपि ओलि र संविधान सभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङ ले आज क्यान्सर अस्पतालको उद्घाटन गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले आफ्नो नेतृत्वमा चलेका व्यसायले सरकारलाई वार्षिक करोडौं रुपैयाँ राजस्व तिरेको जिकिर गर्दै आफुलाई अपमान गर्नेहरूको जवाफमा मार्सी बियर ,माफिया हिस्सी तथा डन इनर्जी िड्र्न्क उत्पादन शुरु गरेको बताए ।
















