दमक (झापा) — झापाको दमकमा मृत फेला परेकी एक अपरिचित युवतीको पहिचान खुलेको छ । ती मृतक युवती दमक नगरपालिका–८, बसन्त टोलकी २१ वर्षीया रोमा भनिने रमा तिवारी रहेको प्रहरीले जनाएको छ ।

​उनका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शवको अवलोकन गरी आइतबार (जेठ १७ गते) उनको सनाखत गरेका हुन् ।

​प्रहरीका अनुसार रमा गत जेठ १३ गते राति साढे ९ बजेतिर घरबाट आफूखुसी निस्किएकी थिइन् । त्यसपछि घर नफर्किएकी उनी मृत अवस्थामा फेला परेकी हुन् ।

​यसअघि, दमकमा एक युवतीको बेवारिसे शव फेला परेपछि पहिचान खुल्न नसक्दा प्रहरीले हुलिया सार्वजनिक गर्दै अनुसन्धान अघि बढाएको थियो । ती युवतीको शव फेला परेपछि स्थानीय क्षेत्रमा कौतुहलता र त्रास फैलिएको थियो । परिवारले उनी हराएको भन्दै खोजी गरिरहेकै बेला शव आफ्नै छोरीको भएको पुष्टि गरेपछि घटनाले नयाँ मोड लिएको छ ।

​युवतीको मृत्युको कारण र घटनाको प्रकृतिको बारेमा प्रहरीले सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले पोष्टमार्टम रिपोर्ट र प्राविधिक पक्षको विश्लेषणपछि थप तथ्य खुल्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
3
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार