झापा । सिंगापुरमा जारी एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत नेपालले चीनविरुद्ध आक्रामक ब्याटिङ गर्दै ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै यो विशाल योगफल खडा गरेको हो ।

​नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै इनिङ्सको नवौँ ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गरे । उनी नेपालका लागि यस्तो कीर्तिमान बनाउने दोस्रो खेलाडी बनेका छन् । भुर्तेलले मात्र ४३ बलको सामना गर्दै १२९ रनको शतकीय इनिङ्स खेले ।

​नेपालको विशाल स्कोरमा अन्य ब्याटरको पनि महत्वपूर्ण योगदान रह्यो । मध्यक्रमका ब्याटर कुशल मल्लले ४७ बलमा ८५ रन बनाए भने कप्तान रोहित पौडेलले मात्र २१ बलमा ६९ रनको आक्रामक अर्धशतकीय पारी खेले । भुर्तेलको सनसनीपूर्ण सुरुवात र मल्ल तथा पौडेलको उत्कृष्ट अन्त्यका कारण नेपालले चीनसामु बलियो चुनौती पेस गर्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार