हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कचनकवलका प्रतिबन्धित औषधि कारोबारमा संलग्न स्वास्थ्यकर्मी राजवंशीको सेवा करार सम्झौता खारेज

झापा, बैशाख ३० – कचनकवल गाउँपालिका–१ अन्तर्गत घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य सहायक (हे.अ.) विक्रम राजवंशीको सेवा करार सम्झौता खारेज गरिएको छ। उनी प्रतिबन्धित औषधिको अवैध कारोबारमा संलग्न देखिएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको जनाएको छ ।

Advertisement

राजवंशी विकास मेडिकल फार्मेसीसँग प्रत्यक्ष रूपमा संलग्न रहँदै औषधि व्यवस्थापनसम्बन्धी कानुनी प्रावधानको उल्लंघन गर्दै आएको आरोपमा २०७९ सालदेखि नै नियमनको सन्देहमा थिए।

Advertisement

२०८२ वैशाख २५ गते औषधि व्यवस्था विभागको अनुगमन टोली फार्मेसीमा स्थलगत निरीक्षणका लागि जाँदा उनी कार्यस्थलमा अनुपस्थित थिए। सोही दिन गाउँपालिकाको स्वास्थ्य शाखालाई टेलिफोनमार्फत राजवंशीको विवरण माग गरिएको थियो।

त्यसपछि गाउँपालिकाले सोही दिनभित्रै फार्मेसीको दर्ता तथा सञ्चालनसम्बन्धी कागजात पेश गर्न पत्राचार गरे पनि २०८२ वैशाख २८ सम्म राजवंशीले कुनै स्पष्टिकरण पेश गरेका थिएनन्।

स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन २०८० को दफा ७७ विपरीत व्यवसाय दर्ता गरी सञ्चालन गरेको र ऐनको दफा ९५(२) तथा सेवा करार सम्झौताको बुँदा ७ को उल्लंघन गरेको ठहर गर्दै गाउँपालिकाले उनको सेवा करार सम्झौता खारेज गरेको हो।

उक्त मेडिकल फार्मेसीमा ७९५ ट्याब्लेट ट्रामाडोल, ४७० ट्याब्लेट एन्टीकोफ, र ३,९८० ट्याब्लेट डिक्लोमिन जस्ता प्रतिबन्धित औषधिहरू फेला परेपछि फार्मेसी सञ्चालिका बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। बन्दना पोखरेल उनै राजवंशीको श्रीमती रहेको र राजवंशीको निर्देशनमा औषधि बिक्री वितरण गर्दै आएको स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले छापामारी माथि उल्लेखित ठूलो मात्रामा प्रतिबन्धित औषधिहरू बरामद गरेको थियो।

उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको भए तापनि राजवंशी लाई हालसम्म प्रहरीले अनुसन्धानको दायरामा ल्याएको देखिँदैन। प्रहरी स्रोतका अनुसार उनलाई कारबाही अगाडि नबढाउन जनप्रतिनिधि तथा राजनीतिक कर्मीहरूको प्रहरीलाई दबाब आइरहेको प्रहरी स्रोतले जनाएको छ।

घटनासम्बन्धी अनुसन्धान हाल जिल्ला प्रहरी कार्यालय झापाबाट अगाडि बढाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)