हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

राप्रपा नेपालको अध्यक्ष भएकोमा थापालाई लिङ्देनको बधाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व अध्यक्ष कमल थापालाई बधाई दिएका छन् ।थापा राप्रपा नेपालको अध्यक्ष भएकोमा लिङ्देनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

Advertisement

‘राप्रपाका पूर्वअध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’, उनले फेसबुकमा लेखेका छन्, ‘आगामी जीवन सुखमय रहोस् ।’

Advertisement

राप्रपाका पूर्वअध्यक्ष थापाले आजैमात्र नयाँ पार्टी घोषणा गरेका हुन् । यसै हप्ता राप्रपाबाट बाहिरिएका थापाले राप्रपा नेपालको घोषणा गरेका हुन् ।

राप्रपा नेपाल राप्रपामा परिणत भएपछि पनि लाक्पा तामाङले निर्वाचन आयोगमा सो पार्टी दर्ता गरेरै राखेका थिए । थापा त्यसैको अध्यक्ष भएका हुन् ।

गत मंसिरमा भएको निर्वाचनमा लिङ्देनसँग पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्रले हप्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाउँदै आएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)