हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

इभेन्ट साेलुशनकाे वार्षिकोत्सवमा रक्तदान

३० गते माघ,ललितपुर/नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा आज इभेन्ट साेलुशनकाे १०औं वार्षिकोत्सबकाे उपलक्ष्यमा पहिलोपटक रक्तदान कार्यक्रमकाे आयाेजना गरि मनाएको छ ।

Advertisement

प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रबन्ध निर्देशक बिजयसागर प्रधानलाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियोे ।

Advertisement

ज्वागल स्थित आ्फनै प्राङ्गणमा आयाेजित   कार्यक्रममा बाराही टाेल बिकास संस्थाका अध्यक्ष सुशिल अमात्य अतिथि रहनुभएकाे साे कार्यक्रमकाे सभापतित्व अध्यक्ष सुनिल भण्डारीले गर्नुभएको उक्त कार्यक्रममा महिला तथा पुरूष गरि ८० जनाले रक्तदान गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)