हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एमालेको सचिवालय बैठकले गर्यो यस्तो निर्णय

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न मातहत कमिटीलाई निर्देशन दिएको छ। बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टी पंतिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको हो।

Advertisement

सचिवालय बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछि गर्ने निर्णय गरेको छ। जिल्ला अधिवेशनहरू भने स्थानीय तहको निर्वाचन अघि नै गर्ने निर्णय गरेको छ। बैठकले स्थानीय निर्वाचनमा केन्द्रित भइ केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। यस्तै, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ।

Advertisement

बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ। बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)