हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ओलिलाई बादलको साथ : प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि – थापा

काठमाडौँ, ९ पुस :  नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताउनुभएको छ । पार्टीको प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको आजको बैठकमा गृहमन्त्री थापाले चुनावमा गएर विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गरिने बताउनुभयो ।

Advertisement

नेकपाभित्र ताजा जनादेशको विरोधमा लाग्नेहरुप्रति लक्ष्य गर्दै उहाँले भन्नुभयो, “उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ । पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई पार्टीले दृढतापूर्वक अघि बढाउने छ ।” नेता थापाले आफूले कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितका पक्षमा अग्रमोर्चामा रहेर भूमिका खेलेको नेतृत्वलाई साथ दिने स्पष्ट गर्नुभयो ।रासस

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)