हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गणतन्त्र आउँदा रुँदै हिँडेका ओली अहिले हँसाउँदै हिँडेका छन् : प्रचण्ड

आफूले हँसाएकोमा कसैलाई पीर परेको बताएका प्रधानमन्त्री केपी ओलीलाई पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन्। उनले गणतन्त्रको उत्सव मनाउँदा ओली रोइरहेको बताए । उनले भने, ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो। देशवासीलाई उत्सव थियो। त्यस्तो बेला बयलगाडाको कथा हाल्दै हिँड्नुभयो। गणतन्त्र आउन लाग्यो भनेर रुँदै हिँड्नुभयो।’ अहिले गणतन्त्र धरापमा पर्दै गर्दा ओली हँसाउँदै हिडेको प्रचण्डको भनाइ थियो ।

Advertisement

नेकपा प्रचण्ड–नेपालनिकट राष्ट्रिय युवा संघको बैठकको उद्घाटन शर्तमा बोल्दै उनले आफू मजाकको मुडमा नभएको बताएका छन्। संविधानको मूलमर्ममाथि प्रहार भएको बेला आफूहरु रमाइलो गर्न नसक्ने उनको भनाइ छ। चार दशकको संघर्षबाट प्राप्त उपलब्धिको संकेन्द्रित अभिव्यक्ति संविधान भएको उनले बताए।

Advertisement

प्रधानमन्त्री शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लक्ष्य गरेर थपे, ‘मैले हसाएँ भनेर किन पीर पर्‍या होलारु भनेर केपी ओलीले मलाई नै भन्नुभएको हो। संघर्षबाट प्राप्त उपलब्धिको हत्या भएको छ। मान्छे मरेपछि जो चिन्ता परेको छ, त्यो चिन्ताका बेला हाँस्न सकिँदैन। हामी मजाकको मुडमा छैनौं।’

उनले ओलीको उल्टो खोपडी देखेर आफूलाई दया लाग्ने बताए। उनले ओलीले हँसाएको भन्नुलाई एउटा जोक्करले गरेको जोकको संज्ञा दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)