हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गाउँपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल शुरु :उपाध्यक्ष गिरि

हल्दिवारी गाउँपालिकाले शिक्षाको क्षेत्रमा गरेको लगानीले प्रतिफल दिन शुरु गरेको गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समिति अध्यक्ष डम्बरबहादुर गिरिले बताउनु भयो ।

Advertisement

गाउँ पालिकाले बजेको २४ प्रतिशत अर्थात ८ करोड भन्दा यस चालु आर्थिक बर्षमा बिनियोजित गरि कार्यक्रम चलाएको छ। हल्दिवारी गाउँपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयको गुणस्तर सुधार गरि अधिकाम्स विद्यालयहरुमा अङ्ग्रेजी माध्यम बाट पढाई सुरु गरेपछि अभिभावकहरु सामुदायिक विद्यालय तर्फ आकर्षित हुन थालेको उपाध्यक्ष गिरि बताउनु हुन्छ ।

Advertisement

यहि सरस्वती पुजाको अवसरमा आफ्ना साना नानिहरुलाई भर्ना अभियानमा अभिभावकहरुको उपस्थितले पनि शिक्षाको लगानीले छोटो समयमा प्रतिफल दिन सुरु गरेको देख्न सकिन्छ । उपाध्यक्ष गिरिका अनुसार १७ वटा सामुदायिक विद्यालयमा सरस्वती पुजाको अवसरमा ४ सय भन्दा बढी विद्यार्थी भर्ना भएका छ्न भने नया कक्षा सुरुभएपछी यो संख्या ७ सय भन्दा माथी जाने अनुमान गरिएको छ।

गाउँपालिकाले शिक्षामा ठूलो लगानी गर्दा गर्दै पनि विद्यार्थी संख्या विद्यालयमा नभए पछि विद्यालय मर्ज गर्ने प्रक्रिया शुरु गर्न लागेको थियोे ।अभिभावकहरुको अनुरोध ,जनप्रतिनिधि ,स्थानीय राजनैतिक दलहरूको सक्रिय पछि भर्ना अभियानमा गाउँ शिक्षा समितिलाई ठुलो सफलता हासिल मिलेको प्रष्ट हुन्छ ।

सामुदायिक विद्यालयहरुको खस्कदो शिक्षा र शिक्षक अभिभावक हरुको राजनैतिक थलो विद्यालय हुनु पनि विद्यार्थी घट्नुको प्रमुख कारण रहेको यश अवस्थामा गाउँपालिका र प्रत्येक्ष रूपमा उपाध्यक्ष गिरिको भुमिकाले शिक्षा सुधारमा महत्त्वपूर्ण भुमिका खेलेको प्रष्ट हुन्छ ।

प्रत्येक विद्यालयमा अङ्ग्रेजी ,साइन्स ,गणित जस्ता शिक्षक हरुको व्यवस्था ,खेलकुद लाई मध्य नजर गर्दै ,घुम्ती खेल शिक्षक ,कम्पियुटर ल्याव ,शिक्षकको व्यवस्था ,इ हाजिरको व्यवस्था जस्ता बिषयले पनि विद्यालयको शिक्षा सुधार शुरु भएको देख्न सकिन्छ ।

शिक्षा सुधारका साथसाथै बाल कक्षा देखि तीन सम्म अध्यक्ष गर्ने सामुदायिक विद्यालयका विद्यार्थी लाई खाजाको व्यवस्था पनि गर्न लागिएको छ भने सबै बाल कक्षा हरुलाई एयर कुलर सहित को बनाउन समेत लागी परेको उपाध्यक्ष गिरिको भनाई छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)