हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जसपमा पार्टी प्रबेशको ताॅति

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। जनता समाजवादी पार्टी भद्रपुर नगर समितिको आयोजनामा बिहीबार सम्पन्न पार्टी प्रबेश तथा समायोजन कार्यक्रम मा नेपाल कांग्रेस,नेकपा था राप्रपाबाट १सत ७०नेता तथा कार्तकर्ताहरु जसपामा प्रबेश गरेका छन।

Advertisement

स्थानीय मोहपाल धर्मशालामा आयोजित कार्यक्रम बीच कार्यक्रम का प्रमुख अतिथि एवं पार्टी केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्की , केंद्रीय सदस्य एवं प्रदेश सभा सदस्य राधा थापाले नब प्रबेशीहरुलाई सदस्यता प्रदान गरी स्वागत गरेका थिए। पार्टी नगर अध्यक्ष शत्रुघन चौधरी को अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधध गर्दै प्रमुख अतिथि केंद्रीय कार्यकारिणी सदस्य कार्कीले पहिचानबादी शक्तिहरु संगठीत भई जन आंदोलनबाट प्राप्त उपलव्थीको रक्षा गर्नुको बिकल्प नरहेको बताए ।

Advertisement

कार्यक्रममा केन्द्रीय सदस्य पृथ्वी कार्की, प्रदेश उपाध्यक्ष सन्तोषकुमार गणेश,प्रदेश। सदस्य शर्मिला अंगदंबे,लिम्बुबान समिति उपाध्यक्ष प्रेमदिप थाम्सुहांग,झापा जिल्ला अध्यक्ष दिपेन बाला राई, नेत्र नेम्बांग, समर राई,युवा नेता रोशन राई,गौरीमान राई,नगर उपाध्यक्ष सरस्वता कन्दंवा,लगायतका बक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए।

नव प्रबेशी महेश कामतीले प्रतिबध्दता सहितको मन्तव्य राखेको कार्यक्रम को संचालन नगर कोषाध्यक्ष बिकास गुप्ताले गरेका दिए। सम्पन्न कार्यक्रम बाट पार्टी नगर समायोजन अन्तर्गत सपा र राजपा बीच समायोजन कार्यदल मार्फत गरिएको जानकारी पार्टी जिल्ला सचिब देवेन्द्र किशोर ढुंगानाले गराए ।-सरोज मैनाली

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)