हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जसपाले प्रधानमंत्री ओलीको गृहनगरमा जंगी प्रदर्शन

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी ७माघ। जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला समन्वय समितिको आयोजनामा बुधवार झापाको दमक स्थित प्रधानमंत्री को गृहनगरमा असंबैधानिक कदमको बिरोधमा जंगी प्रदर्शन गरेको छ।

Advertisement

सरकार को असंबैधानिक कदमको बिरुध्द माघ ७ गते देशका सबै जिल्लाहरुमा भैरहेको आन्दोलन को दोस्रो चरणको अन्तिम दिन झापामा बिरोध सभा लाई संबोधन गर्दै केन्द्रीय बदस्य हरीदेबी राई, सूर्यनारायण गणेश,र भुपेन्द्र नेम्बांग लगायतका बक्ताहरुले सरकार व्दारा चालिएको असंबैधानिक, अलोकतांत्रिक र त्रतिगमनकारी कदम बिरुध्दको तेस्रो चरणको विरोध कार्यक्रम अझै सशक्त रुपलले गर्ने अल्टिमेटम दिए। बिरोध कार्यक्रम मा बोल्दै प्रदेश अध्यक्ष फाक्तालुंग योंगहांग, एवं जिल्ला अध्यक्ष दिपेन बाला राईले भने ओलीले जनताको सार्बभौम अधिकार खोसेको भन्दै जनता संग माफी माग्नुको विकल्प छैन।

Advertisement

कार्यक्रम मा पार्टी जिल्ला सचिब देवेन्द्र किशोर ढुंगानाले लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नु पर्ने भन्दै अदालतका न्याय मुर्ति समाजको हिस्सा भएकोले पनि बहसका क्रममा संबिधानको रक्षा गर्नुपर्ने र नेपाली जनता को मतको सुरक्षात्मक भूमिका निर्वाह गर्नु पर्ने बताए।

उनले ‘अदालतले जनताको बिश्वासको सम्मान र प्रतिष्ठालाई जोगाउन प्रतिगमनकारी कदम प्रति सही निर्णय दिनुपर्ने ‘धारणा राखे। पार्टी जिल्ला अध्यक्षव्दय अनुतसिह राजबंशी र दिपेन बाला राईले संयुक्त रुपमा अध्यक्षता गरिएको उक्त बिरोध सभाको क्रममा दमकको पश्चिम बस स्टेण्डबाट शुरु बैंकों बिरोध जुलुश नाराबाजी सहित नगर परिक्रमा गर्दै गणतन्त्रचौकमा पुगी सभामा परिणत भएका थिए।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)