हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापाका तीन सांसद्ले फिर्ता लिए मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। प्रदेश नं १ का तीन सांसद्ले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएका छन् । सोमबार प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपाल बुढाथोकी, श्रीप्रसाद मैनालीले अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।

Advertisement

१२ पुसमा प्रदेश सरकार मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज सामूहिक निवेदन दिँदै झापाका तीन सांसद्ले नेकपाको सरकारविरुद्ध नेकपाकै सांसद्हरूले अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।

Advertisement

यससँगै अविश्वासको प्रस्ताव लिने सांसद्को सङ्ख्या पाँच पुगेकाे छ । यसअघि उदयपुरकी सांसद् कला घले र मोरङकी सांसद् वसन्तीदेवी यादवले अविश्वासको प्रस्ताव फिर्ता गरेकी थिइन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)