हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाका बारकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त

काठमाडौ । नेपाल सरकारको स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा. बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।

Advertisement

मन्त्रालयमा १२औं तहमा अतिरिक्त सचिवमा कार्यरत डा. बाराकोटीले बुधबार महानिर्देशकको पत्र बुझ्ने छन्।स्वास्थ्य विभागमा महानिर्देशक रहेका डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो।

Advertisement

डा. बाराकोटीले लामो झापा जिल्लामा बसेर सेवा दिएका थिए । प्रादेशिक अस्पताल भद्रपुरका मेसुको जिम्मेबारीमा रहेका डा. बाराकोटी १२औं तहमा बढुवा भएपछि मात्र काठमाडौं गएका हुन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)