हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

दिपेन्द्र प्राविलाईअध्यक्ष चुडाल र नेकपा नेत्री सिटौलाको सहयोग

: वडा अध्यक्ष चुडालले अति विपन्न विद्यार्थीलाई दिए स्कुल ड्रेस
हल्दिवारी ४ स्थित दिपेन्द्र प्राविमा अध्यनरत अति विपन्न परिवारका १४ विद्यार्थीलाई वडा नम्बर ४ का अध्यक्ष होम प्रसाद चुडालले स्कुल ड्रेस दिएका छ्न । दिपेन्द्र प्राविमा आज सरस्वती पुजाको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा चुडालले १२ हजार ५ सय रुपैयाँ बराबरको स्कुल ड्रेस बितरण गरेका हुन।
आफुले पाएको सेवा सुबिधाबाट विभिन्न ठाउँमा सहयोग गर्दै आएका चुडालले यश अगाडि पनि उक्त विद्यालयका १२५ विद्यार्थीलाई स्कुल व्याग उपलब्ध गराएका थिए । आफुले पाएको मोटरसाइकल समेत गाउँपालिकालाई फिर्ता गरेर चर्चामा आएका चुडालले आफुले पाउने सेवा सुबिधा सामाजिक क्षेत्रमा लगाउने घोषणा गरेका थिए ।
:नेकपा नेत्री सिटौलाले भर्ना गरिन आफ्ना नातिनातिनी सामुदायिक बिध्यालयमा
नेपाल कम्युनिस्ट पाटी ( नेकपा ) जिल्ला सचिवालय सदस्य हल्दिवारी ४ निवासी मन्जु सिटौलाले आफ्ना नातिनातिनीहरुलाई स्थानीय सामुुदायिक विद्यालयमा भर्ना गर्नु भएको छ।
नेताहरूका छोराछोरी सामुुदायिक विद्यालयमा पढाउन छोडेको अबस्था उनले भने युरोप ,अस्ट्रेलिया भएका छोराछोरी का नातिनातिनी हरुलाई नेपाल कै लोपोन्मुख जातिहरुको बाहुल्री रहेको दिपेन्द्र प्रावी हल्दिवारी ४ मा सरस्वती पुजाको अबसर पारेर स्कुल भर्ना गर्नु भएको छ भने बाल कक्षा मा पड्ने विद्यार्थीलाई गर्मीमा एसि प्रयोग गरे बापत ५ महिनाको बिधुत महसुल आफुले दिने समेत घोषणा गर्नु भयो ।
उक्त विद्यालय व्यबस्थापन समिति अध्यक्ष तथा वडा सदस्य समेत रहेका महेसलाल मेचेको अगुवाइमा आज ३५ जनाले नया विद्यार्थीले नाम लेखाएका छ्न ।
मेचेका अनुसार अङ्ग्रेजी माध्यमबाट सुरु गरिएको उक्त विद्यालयलाई कक्षा ८ सम्म पुर्याउने लक्ष्य लिएको छ । सरस्वती पुजाकै अवसरमा बिबिध सास्कृतिक कार्यक्रम तथा अभिभावक हरुको लागि हण्डी फोर्ने तथा म्युजिकल चियर समेत आयोजना गरिएको थियो ।
सरस्वती पुजा ,विशेष भर्ना कार्यक्रम तथा स्कुल ड्रेस बितरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेसलाल मेचेले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रअ दिर्घराज आचार्यले गर्नु भएको कार्यक्रमको सहजीकरण केसव चुडालको रहेको थियो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)