हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय गर्‍यो : प्रदीप ज्ञवाली

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय गरेको छ। आइतबार बसेको बोर्ड बैठकले दुवै पक्षको आधिकारिता दाबी नमान्ने निर्णय गरेको हो। आफूहरुनै आधिकारिक भएको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह र ओली समूहले दर्ता गरेको निवेदन निर्वाचन आयोगमा दिएपछि आयोगको बैठकले यस्तो निर्णय गरेपछि अब नेकपाको बाटो के हुने भन्नेमा अन्योल नै कायम छ।

Advertisement

कानुनी रुपमा दुवै पार्टी नफुटेका दुवै समूहले एकले अर्कोलाई कारबाही गर्दै आएका छन्। आइतबार नेकपा प्रचण्ड माधव समूहको स्थायी कमिटीको बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ। त्यस्तै महासचिव विष्णु पौडेललाई पनि निस्कासन गरेको छ।

Advertisement

माधव–प्रचण्ड समूहले आफूहरुले नेकपाको मान्यता पाउनुपर्ने दाबी गरिरहेकै छन् भने अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पनि आफू नै आधिकारिक रहेको र अर्को समूह फुटेर गएको बताएका छन्। तर आयोगको बैठकले दुवै समूहलाई नचिन्ने भन्दै आयोगले यसअघि फुटेको भनी आएका अभिव्यक्तिहरुको बीचमा बसेर निर्णय गरेको हो।

आयोगको यस्तो निर्णयले अब नेकपाको बाटो के हुन्छ भन्ने अन्योल कायम नै भएको छ। यस्तै ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले भने आफूहरुले कसैलाई नहटाएको बताउँदै आयोगले आफ्नो पक्षमा निर्णय गरेको समेत जनाए । उनले भने ‘हामीले कसैलाई हटाएका छैनौं, विस्तार मात्रै गरेका हौं आयोगले हाम्रो पक्षमा निर्णय गरेको छ। औपचारिक पत्र पाएका छैनौं पत्र पाएपछि औपचारिक धारणा ल्याउँछौं।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)