हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नेपालका केही वकिलका कारण बिकास निर्माणमा असर पर्याे : सभामुख घिमिरे

हल्दिवारी , पुस २ । प्रतिनिसभाका सभामुख देवराज घिमिरेले झापाको हल्दिवारि २ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आयोजित पुराणको उद्घाटन गरेका छन् ।

Advertisement
आगामी पुस १० गते सम्म आयोजना हुने बिराट धन धान्याञ्चल श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आज एक कार्यक्रमका बिच सभामुख घिमिरेले उद्घाटन गर्दै नेपालका केही वकिलका कारण बिकास निर्माणमा असर परेको जिकिर गर्दै देश आर्थिक अफ्ट्यारोमा परेको समेत बताए ।
संसद बिकास कोषबाट सांसद बिकास कोष रोकिएकोले सांसदले आफ्नो क्षेत्रमा जनताको समस्या सम्बोधन गर्न नसकिएको उल्लेख गरे ।  उनले कार्यक्रममा बोल्दै केही वकिल र सरकारका कारण जनताको अपेक्षा अनुरुप काम गर्न बाधा पुगेको बताए । हल्दिवारी र बिर्तामोडको सिमा क्षेत्रमा रहेको सो ठाउँको बिकासका विषयमा आफू जानकार रहेको भए पनि सरकारको उदासिनताका कारण सोचे अनुसारको बिकास हुन नसकेको बताउदै आगामी दिनमा विभिन्न श्रोत मार्फत भए पनि जन अपेक्षा अनुसारको काम गर्ने दाबी गरे ।
यस्तै कार्यक्रममा कोशी प्रदेश सभा सदस्य एकराज कार्की ,बिर्तामोड नगर प्रमुख पबित्रा महतरा प्रसाईं ,हल्दिवारी वडा नम्बर २ का वडाध्यक्ष सुकलाल राजबंशी लगायतले शुभकामना राखेका थिए ।
मन्दिर ब्यबस्थापन समिति अध्यक्ष खिलेश्वर दाहालको अध्यक्षता रहेको कार्यक्रममा स्वागत पुन्य लम्सालले गरेका थिए । कार्यक्रम संचालन सरोज पौडेलले गरेका थिए ।
आज सोमबार बाट सुरु भएको पुराणको प्रमुख कथा बाचक भागवत नेपाल र उप बाचक नारायण पौडेलले गर्ने बताईएको छ । मन्दिर ब्यबस्थापन तथा सामुदायिक भवन निर्माण गरिने बताईएको छ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)