[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

काठमाडौं । नेपालमा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २४९५ जना संक्रमित थपिएका छन्।

काठमाडौँमा १९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा १२८७ जना डिस्चार्ज भएका छन्।यसैगरी देशभर पछिल्लो २४ घन्टामा १४ हजार ४०३ पीसीआर तथा ५६६ एन्टिजेन परीक्षण भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार