हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पाथीभरा माताले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल (२०८०/०९/०४ गते)

आज २०८० साल पाैष ४ गते बुधबारको राशीफल ।

Advertisement

मेष (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला ।

Advertisement

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ ।रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ ।

मीथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) पढाइलेखाइमा ध्यान दिन नसकिएला, साथै रुपैया पैसाको पनि नाश हुने दिन छ विचार गर्नुहोला ।घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन, साथै अर्थको पनि हानी हुने दिन छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुको काम धेरै गर्नु पर्ला, समयको बचत कम हुने दिन छ ।नोकरि तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ, ।नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसो लेनदेनकाृे काम पनि होला सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मनोरञ्जनमा भुलिने समय छ ।व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ, साथीभाइसंग भेटघाट पनि होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुराकाटनेहरु प्रसम्सक बन्ने छन, जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । काममा समस्याको सामाना गर्नु पर्ला गलत लेनदेनमा समस्या आउन सक्ने छ, जागीरमा सम्मान पाइनेछ ।व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रसम्सा पाउनुहोला, मन हर्षित हुने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ ।मनमा हौसला बढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ ।बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ, पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) स्वास्थ्यस्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) खर्च बढने, गलत विचार बढने विबाद बढने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुन दिने छ, पीडा दिनेहरु सक्रिय रहलान ।

मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अधुरा काम हरु बन्ने अरुको विस्वास आफुतिर रहने आफन्त हरुको उचित सहयोग मिलने छ । पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्ति बाट हुनेछन, नयां कामको थालनी हुने दिन छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)