हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पूर्व लडाकूलाई बालुवाटारमा रेड कार्पेट !

प्रधानमन्त्री केपी ओलीले पूर्व लडाकूहरुका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार बालुवाटारमा आफूलाई भेटन् पुगेको पूर्वलडाकूहरुको समूहलाई प्रधानमन्त्री अ‍ोलीले पुष्पकमल दाहाल प्रचण्डले जस्तो धोका नदिने भन्दै ढुक्क हुन आग्रह गरेका छन् । प्रचण्ड समूहबाट पटक–पटक अपमान सहँदै आएका पूर्व लडाकुहरुलाई बालुवाटारले आज ‘रेड कार्पेट’ले स्वागत गर्ने निर्णय गरेको हो ।

Advertisement

उनले जनयुद्धको अवधिमा पूर्वलडाकूहरुले गरेको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान हुने बताए । ‘नेतृत्वले तपाईहरूका भावनाको दुरूपयोग गर्‍यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन’, उनले भने ।

Advertisement

भेटमा सहभागी लेनिन विष्टले पूर्व जनमूक्ति सेनाको ठूलो टीमलाई रोक्ने प्रयास यस अघि पनि भएकाले आफूहरुले एक महिना देखि काठमाडौंमा बसेका पूर्व जनमूक्ति सेनाहरु आज अपमान सहन भन्दा बालुवाटर नै ठीक भन्दै टोपबहादुर रायमाझीको नेतृत्व रोज्न पुगेको बताए । उनले प्रचण्डलाई उनकै वरिपरि हुने झुन्डले नै समाप्त पार्ने भन्दै दलेहरुबाट सजग हुन सुझाव दिएका छन् ।

‘पूर्व जनमूक्ति सेनाको नाममा लुट्न पल्केका लुटेराहरुले पुर्व जनमुक्ति सेना नेपाल घोषणा कार्यक्रम षडयन्त्र पुर्वक असफल बनाए’, उनले भने, ‘अध्यक्ष ( प्रचण्ड ) सकारत्मक भएता पनि लुटेराहरुले अन्ततस् उहाँहरुलाई पार्टीबाट नै लखट्ने काममा सफल भए ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)