हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रजातान्त्रिक योद्धा रेवतीरमण नेपालको निधनमा कांग्रेसले तीनदिन झण्डा झुकाउने

  हल्दिबारी-  झापा, २५ कात्तिक । नेपाली काँग्रेस झापाका जिल्ला सदस्य, लोकतान्त्रिक आन्दोलनका योद्धा, नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति रेवतीरमण नेपालको निधनप्रति नेपाली काँग्रेस झापाले गहिरो दुःख व्यक्त गरेको छ ।

Advertisement

हल्दिबारी माबिका पूर्व शिक्षक तथा नेपाल शिक्षक संघ झापाका जिल्ला सदस्य, रेवतीरमण नेपालको हिजो कात्तिक २४ गते सोमबार कोभिड–१९ का कारण नोबेल मेडिकल कलेज बिराटनगरमा असामयिक निधन भएको घटनाले नेपाली काँग्रेस झापा स्तब्ध मर्माहत भएको नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाद्वारा मंगलबार जारी शोक बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

उहाँ नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति हुनुहुन्थ्यो । दुई कार्यकालसम्म सफलतापूर्वक रेडक्रसको नेतृत्व संहाल्नुभएका उहाँ सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय रहनुभएको थियो ।मेची अञ्चल अस्पतालमा गरिएको स्वाव परिक्षणबाट कोरोना पोजेटिभ रिपोर्ट आएपछि गत गत कात्तिक १५ गते उपचारका लागि उहाँलाई नोवेल अस्पताल विराटनगर भर्ना गरिएको थियो ।

उपचारकै क्रममा भएको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै नेपाली काँग्रेस झापाले भोलि मिति २०७७ कात्तिक २६ गते जिल्ला भरिका सबै पार्टी कार्यालयहरु बन्द गर्ने र जिल्ला पार्टी कार्यालयमा आजैबाट तीन दिन पार्टीको झण्डा आधा झुकाइने शोक बक्तब्यमा उल्लेख छ।
‘लोकतन्त्रको संस्थागत बिकास, लोकतान्त्रिक संस्कार र पहिचानका लागि अहोरात्र क्रियाशील रेवतीरमण नेपाल गहिरो अध्ययन, परिणाममुखी तार्किक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । भाषिक, शैक्षिक र सामाजिक क्षेत्रमा उहाँले पु(याउनुभएको योगदान हाम्रा लागि सदा स्मरणीय रहनेछ’–सभापति थापाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

असीम पीडा र शोकको यस घडीमा शोकाकुल अवस्थामा रहनुभएकी उहाँकी श्रीमती वेदकुमारी नेपाल, छोरा बुहारीहरु सागरमणीं -अनिता, सुदर्शनं-आश्मा र सुजनंगोमा नेपाल तथा छोरीहरु गोमा सापकोटा र रञ्जु शिवाकोटी, चार नाति, चार नातिनी लगायत आफन्त र नातेदार लगायत सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै काँग्रेसले ब्रम्हलिन आत्माको चिर शान्तिको कमनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)