हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रधानन्यायाधीशले गरे अर्को सरकार बन्न नसक्ने संकेत

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अहिलेको अवस्थामा अर्को सरकार बन्न नसक्ने अवस्था रहेको संकेत गरेका छन् । उनले यो यदि नेकपाको सरकार हो भने अर्को सरकार बन्ने सम्भावना कसरी छ ? भन्दै प्रश्न गरेका थिए ।

Advertisement

आइतबार संवैधानिक इजलासमा संसद विघटनविरुद्ध परेको रिटमाथि बहस गरिरहेका अधिवक्ता दीनमणि पोखरेललाई प्रधानन्यायाधीश राणाले सरकार केपी शर्मा ओलीको कि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भन्दै प्रश्न गरेका हुन् ।

Advertisement

‘यो सरकार केपी ओलीको हो कि नेकपाको रु’, उनले प्रश्न गरे । अधिवक्ता पोखरेलले यो नेकपाको सरकार भएको बताए । प्रधानन्यायाधीश जबराले यो यदि नेकपाको सरकार हो भने नेकपा बहुमत प्राप्त दल भएको र धारा ७६।१ बाहेकका विकल्पबाट कसरी सरकार बन्ने अवस्था देख्नुभयो रु भन्दै प्रश्न गरेका छन् ।

अधिवक्ता पोखरेलले अदालतले संसद्बाट सरकार बन्ने अवस्था हेर्ने विषय नभएको र संसद्ले निर्णय गर्ने विषय भएको बताए । ‘श्रीमान्हरू अवस्था हेरिरहनुभएको छ । त्यो हामीले चिन्ता गर्ने विषय होइन । संसद्लाई निर्णय गर्न दिऊ,’ उनले भने, ‘संविधानले अवस्था कल्पना दिएन श्रीमान् । यो संविधानले प्रक्रियाबाट सरकार आउँदैन भन्ने पुष्टि हुनुप(यो ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)