हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बुद्धशान्ति गाउँपालिकाको निर्णय : बिरामीलाई निःशुल्क रगत, सुत्केरी महिलालाई एम्बुलेन्स सेवा

झापा / झापाको बुद्ध शान्ति गाउँपालिकाले आफ्नो पालिकाभित्रका बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रम बजेट मार्फत सुनिश्चित गरेको छ।

Advertisement
गाउँपालिका अध्यक्ष मनोज प्रसाईंका अनुसार बिरामीलाई  रगत चढउँदा आवश्यक पर्ने सम्पूर्ण रगत पालिकाले बेहोर्ने गरी नेपाल रेटको सोसाइटीसँग सम्झौता गरेको छ। यो कार्यक्रम प्रसाई अध्यक्ष भएर आएपछि सुरु गरिएको र यस कारण कार्यक्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्ष २०८२ / ०८३ को बजेट मार्फत ५ लाख विनियोजन गरेको हो ।
झापा जिल्लाका कुनै पनि अस्पतालमा बुद्धशान्ति गाउँपालिका भित्रका बिरामी भई रगत चढाउनु पर्यो भने त्यसबापत लाग्ने सम्पूर्ण रकम पालिकाले बेहोर्ने छ ।
त्यस्तै पालिकाभित्रका स्वास्थ्य केन्द्रहरू मार्फत सुत्केरी गराउन जाने महिला दिदीबहिनीहरूलाई झापा जिल्ला भित्र जुनसुकै अस्पतालमा जाँदा  एम्बुलेन्स प्रयोग गरेबापत एकतर्फी भाडासमेत पालिकाले बेहोर्ने गरी नीति तथा कार्यक्रम बजेट मार्फत सुनिश्चित गरेको छ ।
झापामा बुद्धशान्ती , हल्दीबारी, झापा, बाह्दर्शी , कचनकावल गाउँपालिका र भद्रपुर नगरपालिकाले समेत आफ्ना पालिकाभित्रका बिरामी हुँदा रगतमा लाग्ने महसुल बेहोर्ने गरी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छन ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)