हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

 शीर्ष तीन नेताहरुबीच भेटवार्ता, प्रचण्ड र माधवले देउवालाई दिए यस्तो दवाब

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजनाबारे पुरानै अडान दोहोर्‍याएका छन् । सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्ड र एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपालले भेटेका थिए ।

Advertisement

प्रचण्डको सचिवालयका अनुसार भेटमा प्रचण्डले संशोधनबिना एमसीसी पारित गर्न नसकिने माओवादीको पुरानै अडान दोहोर्‍याएका छन् । भेटमा एमसीसीलाई परिमार्जन र संशोधन नगरी संसदमा लैजान नहुने भनाइ प्रचण्डले राखेका थिए । प्रचण्डको भनाइमा माधव नेपालले पनि समर्थन जनाएका थिए ।

Advertisement

माओवादी केन्द्र संशोधनबिना एमसीसी पारित गर्न नहुने पक्षमा छ । माओवादीमा एमसीसी पारित नै गर्न नहुने मत बलियो छ । गठबन्धन छोड्नु परे पनि एमसीसी अनुमोदन गर्न नहुने माओवादी नेताहरु बताइरहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)