हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सभापतिले चाहँदैमा चुनावमा गठबन्धन हुँदैनः कोइराला पक्ष

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ ।

Advertisement

बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ ।

Advertisement

पार्टीको विधान अनुसार चार तहको समिति रहकेो भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिनइनु पर्ने निष्कर्ष निकालेको हो ।सभापति देउवाले चाहेर र केन्द्रीय समितिले चाहेर मात्रै पनि यसबारे निर्णयमा पुग्न नसकिने निष्कर्ष रहेको बैठकमा सहभागी एक नेताले बताए ।

पार्टीको विधान अनुसार महानगरको मेयर र उपमेयर बाहेक अन्य स्थानीय तहबारे निर्णय गर्ने क्षेत्राधिकार प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय समितिलाई दिएका कारण क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न नमिल्ने उक्त समूहको ठहर रहेको छ ।स्थानीय तहमा केन्द्रबाट गठबन्धन गरेर जान सकिने सम्भावना नै नरहेको उक्त समूहको ठहर छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)