हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सर्लाहीमा यूबा नेता मोर्चाममा प्रबेश

हल्दिबारी प्रदेश ब्यूरो , धनुषा। तराई जनतान्त्रिक मुक्ति मोर्चाले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ देशमा विध्यमान सबैखाले बेथिति र अराजकता एवं बाहिरी आक्रमण एवं अतिक्रमणबाट देशलाई जोगाउन एवं राष्ट्रिय स्वाधीनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, ईतिहास, धर्म, संस्कृति, परम्परालाई संरक्षण एवं प्रवर्द्धन गर्न हामी “राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को अन्तिम तैयारीमा रहेको छ । बिज्ञप्तिमा भनेको छ उक्त महान उद्देश एवं लक्ष्यमा हामीले व्यापक जनसमर्थन पनि प्राप्त गर्दै आएको र आम देश-भक्त चेतनशील एवं जिम्मेवार नागरिक अगुवा, राजनीतिकर्मी, समाजसेवी, पेशाकर्मी लगायत आम मुक्तिकामी जनसमुदाय गोलबन्द हुँदै “मुक्ति पथ” मा निरन्तर अगाडि बढी रहेको तथ्य यहाँहरु समक्ष छर्पष्ट नै छ, जसले हाम्रो हौसला-बल-आत्मविश्वास लाई झनै उत्साहित गरिरहेको छ । मोर्चाका अध्यक्ष डा, मनोज मुक्तिब्दारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ यसैक्रममा सर्लाही जिल्ला सविकको गाविस बेल्वा-जब्दी वाड नं २ हालको गोडैता नगरपालिका वाड नं २ गाउँ बेल्वा-जब्दी बस्ने सर्लाही जिल्लाको समाजसेवी विद्वान पूर्व प्रधानाध्यापक राजनन्दन साहको सुपुत्र क्रान्तिकारी समाजसेवी जनप्रिय ब्याक्तित्व नवीन कुमार साह “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को निति, विधान, आचारसंहिता, उद्देश्यलाई हृदयङ्गम गरि “मुक्ति पथमा हातेमालो गर्दै अगाडि बढने बचनवद्धताका साथ जनतान्त्रिक परिवारमा समाहितभएका छन ” । उनको सहकार्य, प्रतिबद्धता, सक्रियताले हाम्रो लक्ष्य प्राप्तिमा ठूलो गुणात्मक एवं सकारात्मक परिणाम आउने आशा र विश्वास गरेका छौं । नवीन कुमार साहलाई “जनतान्त्रिक परिवारमा स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरियो ” । साथसाथै आजैदेखि लागू हुने गरि ” नवीन कुमार साहलाई” “जनतान्त्रिक तराई मुक्ति मोर्चाको केन्द्रिय सदस्यमा मनोनीत गरिनुको साथसाथ सर्लाही जिल्ला संगठन परिचालन एवं समन्वय समितिको प्रभारी नियुक्त गरियो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)