हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

स्थानीय तह निर्वाचन : हल्दिवारीमा राप्रपाले २७ वटै पदमा दियो उम्मेद्बारी 

हल्दिवारी ,११ बैशाख ।  आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हल्दिवारी गाउँपालिका अध्यक्ष / उपाध्यक्ष सहित २७ वटै पदमा राप्रपाले उम्मेद्बारी दर्ता गरेको छ ।

Advertisement
निर्वाचन आयोगका अनुसार अध्यक्षमा रवीन्द्र प्रसाद लिङ्गदेन ,उपाध्यक्षमा लक्ष्मी मैनालीले उम्मेद्बारी दिएका छ्न ।
त्यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा देवि थापा ,२ को अध्यक्षमा कुमार राई ,३ को अध्यक्षमा   बम बहादुर  कन्दन्वा ,४ को अध्यक्षमा  सन्तकुमार थापा मगर   र ५ को अध्यक्षमा मदन तामाङले उम्मेद्बारी दर्ता गरेको आयोगले जनाएको छ ।
अध्यक्षमा उम्मेद्बारी दिएका लिङ्गदेन गाउँपालिका अध्यक्ष हुन भने  उपाध्यक्षमा उम्मेद्बारी दिएकी मैनाली सामाजिक कार्यमा सक्रिय अग्रज महिला नेत्री हुन ।
 २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले गाउँपालिका अध्यक्ष र वडा नम्बर ५ मा बिजय हासिल गरेको थियो ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)