हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारीका ४ स्वयंसेवक रक्तदातालाई  अभिनन्दन 

हल्दिबारी । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र भद्रपुरले हल्दिबारीका ४ रक्तदाता सहित झापाका ११६ जना स्वयंसेवक रक्तदाताहरुलाई संमान सहित अभिनन्दन गरेको छ ।

Advertisement

Advertisement
रक्तदान गर्दै रक्तदान अभियान र रक्तदाता खोजी कार्यमा उल्लेखनीय सहयोग पुर्याउने  हल्दिवारीबाट शतक रक्तदाता एवं सञ्चारकर्मी नेत्र बिक्रम बिमली , रक्तदान एवं  रेडक्रस उपशाखा  हल्दिबारीका सचिव हरिकृष्ण अधिकारी , जलथल उपशाखा कार्यसमिति सदस्य प्रलाद सिलवाल र रक्तदाता एवं सञ्चारकर्मी अभिषेख खतिवडा रहनु भएको छ।
नेपाल रेडक्रस सोसाइटको आयोजनामा भएको संमान कार्यक्रममा हिजो मेचिनगर नगरपालिका स्थित निचाझोडा सामुदायिक बनमा उत्कृष्ट स्वयंसेवा सम्मानद्वारा अभिनन्दन गरिएको थियो ।
सम्मानित हुनुहुनेलाई रेडक्रस झापाका सभापति लोकराज ढकाल लगायतले दोसल्ला सहित संमान पत्रबाट अभिनन्दन गर्नु भएको थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)