हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा ७  दिने आमश स्वास्थ्य शिविर सम्पन्न

शान्ता उप्रेती / गोलधाप , २९ फाल्गुन । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर १ मा परिवर्तन सङ्घको आयोजना र स्वर्गिक मार्ग गोलधाप इकाइ सङ्घको सहकार्यमा सात दिवसीय निःशुल्क आमश स्वास्थ्य शिविर सम्पन्न भएको छ। चैत २३ गते शुक्रबारदेखि सञ्चालन भएको उक्त स्वास्थ्य शिविरमा विभिन्न स्थानका ७१७ जना बिरामीले सात दिनसम्म १३७० पटक उपचार लिएका थिए।

Advertisement

उक्त  शिविर झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विशेष अतिथिमा स्वर्गिक मार्ग नारी सङ्घका केन्द्रीय महासचिव रमा श्रेष्ठ,झापा जिल्लाका अध्यक्ष गजुरमान राई हल्दिबारी १ का वडा अध्यक्ष देवीबहादुर थापा वडा सदस्यहरू विभिन्न संघ संस्थाका सामाजिक व्यक्तित्वको उपस्थिति रहेको थियो ।

Advertisement

उक्त कार्यक्रम आगामी दिनमा निरन्तर गर्ने र अत्यन्त प्रभावकारी रहेको बताउँदै परिवर्तन संघका केन्द्रीय सदस्य भीम राईले संघको लक्ष्यबारे प्रष्ट पारेका थिए भने प्रमुख अतिथि राजेन्द्र लिङ्देनले सात दिवसीय स्वास्थ्य शिविरले गरेको सेवा प्रभावकारी रहेको र उक्त कार्यलाई सबैजनाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

अभिषेक गुरुबाट आशिष वचन राख्दै भुटानबाट आउनुभएका साङ्गे लामागुरुबाट सामूहिक हिलिङ ध्यान गराउँदै ब्लेसिङ वाटर वितरण गर्नुभएको थियो।

परिवर्तन सङ्घका सचिव अञ्जना चाम्लिङ्ले सहजीकरण गरेको उक्त समापन कार्यक्रममा स्वागत मन्तव्य छत्र दिकुलिछाले गरेका थिए साथै स्वागत नृत्य दिपिशा राईले प्रस्तुत गरेकी थिइन् भने सभाध्यक्ष अन्जना कुवासुङद्वारा सेवाग्राही , सामाजिक व्यक्तित्व र सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गरिएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)