हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारी १ को सम्स्काराका ३० छात्रालाई HPV खोप 

  शान्ता उप्रेती / हल्दिबारी । हल्दिबारी गाउँपालिकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले सञ्चालन गरेको एच.पि.भी. खोप सम्स्कारा शिक्षा सदनमा समेत लगाइएको छ ।

Advertisement

माघ २२ गतेदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एच. पि. भी .खोप अभियानमा कक्षा ६ देखि कक्षा १० सम्म दिइने खोप अर्थात १० वर्षदेखि १४ वर्षसम्म लगाइने खोप जम्मा ३० जना छात्राहरूलाई लगाइएको थियो ।

Advertisement

विद्यालय जाने र विद्यालय नजाने किशोरीहरूमध्ये विद्यालयमा उपस्थित उक्त उमेर समूहका छात्राहरूलाई एच.पी.भी.खोप लगाइएको हो।

हल्दीबारी गाउँपालिका वडा नं -१ का स्वास्थ्यकर्मी बालकुमार प्रधान , भिमा सिटौला , सामुदायिक महिला स्वयंसेविका सीमा मैनालीले छात्राहरुलाई खोप लगाएका थिए ।

वडा नम्बर १ का वडा अध्यक्ष देवीबहादुर थापा, वडा सचिव तुलसा देवी खत्री लगायतले खोप कार्यक्रमको अनुगमन गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)