हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारी २ मा H.P.V खोप अभिमुखीकरण कार्यक्रम सम्पन्न, २२ देखि २७ गतेसम्म खोप लगाइने

जनक राजवंशी/हल्दिबारी, २० माघ । हल्दिबारी गाउँपालिका–२ मा पाठेघरको मुखको क्यान्सरविरुद्ध एच.पी.भी. (ह्युमन पापिलोमाभाइरस) खोप अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

स्वास्थ्य चौकी हल्दिबारीमा सम्पन्न उक्त कार्यक्रममा वडा भित्रका विद्यालयहरूमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई माघ २२ देखि २७ गतेसम्म खोप अभियान सञ्चालन गरिने जानकारी वडा स्वास्थ्य चौकीका प्रमुख राम प्रसाद ढकालले दिएका छन्।

Advertisement

नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार नेपालभर माघ २२ देखि फाल्गुन ७ गतेसम्म किशोरीहरूलाई पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरण गर्न एच.पी.भी. खोप लगाइने छ।

खोप कार्यक्रम तालिका:

  • माघ २२ गते: हल्दिबारी माध्यमिक विद्यालय
  • माघ २३ गते: सरस्वती आधारभूत विद्यालय र जसोदा बोर्डिङ स्कुल
  • माघ २४ गते: सिग्मा अंग्रेजी विद्यालय
  • माघ २५ गते: क्यानरी एकेडेमी
  • माघ २७ गते: हल्दिबारी स्वास्थ्य चौकी

स्वास्थ्य चौकी प्रमुख ढकालका अनुसार विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई समेत खोप लगाइनेछ।

स्वास्थ्य चौकी हल्दिबारीको  कार्यालयमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा २ नं. वडा अध्यक्ष शुकलाल राजवंशी, वडा सदस्यहरू रचना कुलुङ, अम्बिका तोलाङ्गी, गणेश मगर, विष्णु राई, वडा सचिव मदन थापा, गाउँ कार्यपालिका सदस्य विजय राजवंशी, हल्दिबारी स्वास्थ्य चौकी सञ्चालक समितिका पदाधिकारीहरू, विद्यालयका शिक्षक–शिक्षिकाहरु, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रम संचालन एवं सहजीकरण स्वास्थ्य शाखा प्रमुख राम प्रसाद ढकालको रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)