हल्दिवारी – जनकल्याण प्रतिस्ठान एकल विद्यालय रास्टिय अभियानको आयोजनामा हल्दिवारी ४ स्थित श्री सिध्दी दात्री जय दुर्गा मन्दिर को प्राङ्गणमा २ दिने आचार्य तथा समिति अभ्यास वर्ग प्रशिक्षणको कार्यपालिका सदस्य गितादेवी भण्डारीको प्रमुख आतिथ्यमा शुरु भएको छ ।
एकल विद्यालय अभियान जलथल तथा भद्रपुर सन्च मा रहेका आचार्य तथा समितिका कार्यकतालाई प्रशिक्षण दिन लागिएको हो । अभियानका रास्टिय प्रमुख बिरेन्द्र बुढाथोकी लगायत को टिनले ३० भन्दा बढी सहभागीहरुलाई प्रशिक्षण दिन लाग्नु भएको छ ।
पुन्य कुमार घिमिरेको अध्यक्षता भएको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथी गितादेवी भण्डारी ,अभियानका रास्टिय प्रमुख बिरेन्द्र बुढाथोकी , स्थानीय समाजसेवी पुस्तक राज नेपाल लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















