हल्दिवारी l जिल्ला संमनय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले हल्दिवारि गाउँपालिकामा संचालन हुन लागेको नागरिक आरोग्य सेवा केन्द्रको आज उद्घाटन गरेका छ्न ।
झापामा पहिलो पल्ट जिला आयुर्वेद स्वास्थ्य केन्द्रको पहलमा जलथल स्वास्थ्य चौकिमा उक्त सेवा केद्र संचालनमा ल्याएको हो । हल्दिवारि गाउँ पालिका लगायत जिलाका दमक नपा ,बिर्तामोड नपा ,कन्काई नपा र कचनकवल गापामा उक्त सेवा केन्द्र संचालनमा ल्याउन लागेको कार्यक्रममा बताईएको छ ।
सेवा केन्द्र उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सोमनाथ पोर्तेल ,हल्दिवारि ४ का वडा अध्यक्ष होमप्रसाद चुडाल ,जिला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिल कुमार यादव ,हल्दिवारि स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले आरोग्य केन्द्रको बारेमा मन्तव्य राख्नु भएको थियोे ।
उक्त सेवा केन्द्र उद्घाटन कार्यक्रमको सहजीकरण जिल्ला आयुर्वेद सेवा केन्द्रका वैध निरीक्षक मनोज कुमारले गरेका थिए ।

















